एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समय सीमा

एजेन्सी: टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मङ्गलवारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ । यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरूको फाइदा शुक्रवारसम्म लिन सक्नेछन् ।

हालको विषम परिस्थितिमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरू एनसेलले मङ्गलवारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो ।

एनसेलले आज बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरू १ दिन थप गरिएको जानकारी गराएको हो।
एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *