एजेन्सी: जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर बगैँचाको काम थाल्ने भएको छ । सत्रौँ नगरसभा तथा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख गरेका छन्
बाँदरकै कारण किसानले बस्ती छाडेर हिँंडेका, उत्पादकत्व घटेको र किसानले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो । वडा नंं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माणको काम थाल्ने नीतिमा उल्लेख छ । वन ऐन, वन्यजन्तुसम्बन्धी कानुनले बाँदर बगैँचा निर्माणको काम रोकिएको छ । बाँदरलाई सङ्घ सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
