‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’


एजेन्सी:  जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर बगैँचाको काम थाल्ने भएको छ । सत्रौँ नगरसभा तथा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख गरेका छन्

बाँदरकै कारण किसानले बस्ती छाडेर हिँंडेका, उत्पादकत्व घटेको र किसानले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो । वडा नंं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माणको काम थाल्ने नीतिमा उल्लेख छ । वन ऐन, वन्यजन्तुसम्बन्धी कानुनले बाँदर बगैँचा निर्माणको काम रोकिएको छ । बाँदरलाई सङ्घ सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *