आजदेखि मासु जाँच ऐन कार्यान्वयनमा

उपत्यकाका तीन जिल्लाले ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाले आजदेखि उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
उक्त कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो। काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा लालकुमार श्रेष्ठले जानकारी दिए।
योसँगै अव्यवस्थित ठाउँमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ। सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसै अनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो।
पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा यो ऐन लागू भएको छ। ऐन कार्यान्वयन भएसँगै जथाभावी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *