मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका पहाडी क्षेत्रहरूमा आंशिक मौसम परिवर्तन भइरहेको छ। तराईका केही क्षेत्रमा हल्का कुहिरो लागे पनि देशका अधिकांश भागमा मौसम सफा रहेको छ। आज दिउँसो देशका बाँकी भागमा मौसम राम्रो र पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राती देशका बाँकी भागमा मौसम सफा र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। शुक्रबार बिहान तराईका केही क्षेत्रमा विकास हुने हल्का कुहिरोको सम्भावित प्रभावबारे सबैलाई सचेत रहन महाशाखाले सल्लाह दिएको छ।
You may also like
-
झाँक्री प्रकाश भुजेलले म्यानपावर व्यवसायीलाई कुटपिट गरेपछि कार्यालय तोडफोड, भागेको भन्दै प्रहरी कार्यालय घेराऊ
-
भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद
-
हर्क साम्पाङको पार्टीमा ५ पदाधिकारी, केन्द्रीय समितिमा २३ जना
-
बाबुरामले भने- अन्तरिम सरकार कसैको दयामाया बनेको होइन, अहिलेको आवश्यकता हो
-
एसईईमा उत्कृष्ट नतिजा ल्याउने सिन्धुपाल्चोकका ६ विद्यार्थीलाई नगदसहित सम्मान
