एजेन्सी: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको राजनीतिमा आफ्नो पार्टीको विशिष्ट भूमिका रहेको दाबी गरेका छन्। समाजवादी प्रेस सङ्गठनको बैठकलाई सम्बोधन गर्दै पार्टी निर्माणको लागि जनतामा जान पार्टीपंक्तिलाई निर्देशन दिए।
उनले भने, ‘०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेको जिल्लामा अरू पार्टीलाई एक्लै पराजित परेका पनि छन्। कर्णाली प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौँ भने अरू पार्टीलाई हटाउन सक्छौँ भन्दैछौं। सुदूरपश्चिममा पनि त्यस्तै छ। हामीसँग मन र भावना मिलेकाहरूसँग सँगै जान्छन् भने पहिलो शक्तिको रूपमा हाम्रो पार्टीलाई स्थापित गर्न सक्छौँ, मधेश प्रदेशले पनि त्यही भन्दैछ।’
उनले एमालेबाट विद्रोह गर्नेबेलामा सबैले साथ नदिएको भएपनि पार्टी निर्माणको लागि आँट गरेको स्मरण गरे।