एजेन्सी: नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउने भएको छ । उपाय सिटी कार्गो प्रा.लि.सँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो
ग्राहकहरुले यती एअरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्ने छन् । अब कार्गो पठाउन एअरपोर्ट वा कार्यालय धाउनु पर्ने छैन । उपायले बुकिङ अनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्याइदिने सम्मको सेवा प्रदान गर्ने छ ।
डिजिटल बुकिङ र ट्रयाकिङः मोबाइल वा वेबमार्फत् सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियल–टाइममा ट्र्याक गर्न सकिने छ । यती एअरलाइन्ससँगको यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नवीन युगको सुरुवात गर्नेछ
यस सेवा सुरुवात गर्नुको मुख्य उद्देश्य एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘यती एयरलाइन्सको प्रतिबद्धता सदैव नेपाललाई छिटो र भरपर्दो रूपमा जोड्ने हो । उपायको प्रविधि र दक्षता तथा हाम्रो हवाई सञ्जाल संयोजन हुँदा देशभरका व्यवसाय र व्यक्तिगत ग्राहकका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ ।’
दुवै कम्पनीले आगामी दिनमा सेवालाई अझ आधुनिक बनाउन एआइ आधारित रुट अनुकूलन, स्वचालित हबहरु र डेटा–आधारित लजिस्टिक समाधान जस्ता नवीन प्रविधि लागू गर्ने तयारी समेत गरेका छन् ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
