एजेन्सी: नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।
बिहिबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई स्वागत गरेका हुन्।
त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबम्श झा पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन्।
सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भइसकेको जानकारी गराइसकेको बताइएको छ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
