एजेन्सी: वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म आइपुग्दा बैंकको नाफा उल्लेख्य घटेको हो ।
बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रूपैयाँ नाफा कमाएका थिए ।
चालू आवको तीन महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ । सो अवधिमा यस बैंकले १ अर्ब ८५ करोड ५८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।
ग्लोबलले सर्वाधिक नाफा कमाउँदा अन्य १४ बैंकको भने नाफामा गिरावट आएको छ । ग्लोबलसहित पाँच वटा बैंकको नाफा बढ्दा यो अवधिमा सिटिजन्स बैंकले २२ करोड ४ लाख नोक्सानी व्यहोरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्म पाँच बैंक अर्ब क्लबमा पुगेका छन् । यो अवधिमा एक अर्ब भन्दा बढी नाफा कमाउनेहरूमा ग्लोबलसहित नबिल बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कुमारी बैंक रहेका छन् ।
You may also like
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द नेपाल सरकारको अस्वीकार
