जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन

एजेन्सी: जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यले असोज ३० गते विराटनगरमा मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्ष गठन गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा आयोजित मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले इन्सेक कोशी प्रदेश सचिवालय रहने गरी सहायता कक्षको गठन गरेको हो। राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश पर्यवेक्षक रहने निर्णय गरेको बैठकले सहायता कक्षमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश, गैसस महासङ्घ कोशी, मानव अधिकार रक्षक सञ्जाल विराटनगर, महिला मानव अधिकार रक्षक सञ्जाल कोशी, राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी, मानव अधिकारका लागि एकल महिला समुह, जेष्ठ नागरिक महासङ्घ कोशी, उच्च अदालत बार एशोसिएसन विराटनगरलगायतका संघ संस्थालाई राख्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *