एजेन्सी: जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यले असोज ३० गते विराटनगरमा मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्ष गठन गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा आयोजित मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले इन्सेक कोशी प्रदेश सचिवालय रहने गरी सहायता कक्षको गठन गरेको हो। राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश पर्यवेक्षक रहने निर्णय गरेको बैठकले सहायता कक्षमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश, गैसस महासङ्घ कोशी, मानव अधिकार रक्षक सञ्जाल विराटनगर, महिला मानव अधिकार रक्षक सञ्जाल कोशी, राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी, मानव अधिकारका लागि एकल महिला समुह, जेष्ठ नागरिक महासङ्घ कोशी, उच्च अदालत बार एशोसिएसन विराटनगरलगायतका संघ संस्थालाई राख्ने निर्णय गरेको छ ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
