घरपझोङ गाउँपालिका-४, भाप्सो-४, पेरिसडाँडामा रहेको नेकपा कार्यालय भवनको शिलान्यास नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो। बौद्ध परम्पराअनुसार दाहालले पार्टी मुख्यालय भवनको शिलान्यास गर्नुभएको थियो। छ कोठाको भवन निर्माणका लागि छाङ्गुरको बारागुङ मुक्तिक्षेत्र-२ निवासी दाच्युङ गुरुङले जग्गा दान गर्नुभएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका इन्चार्ज धीरेंद्र विकले जानकारी दिनुभयो। कार्यक्रममा अध्यक्ष दाहालले संगठनात्मक वृद्धि र पार्टी कार्यलाई बढावा दिनका साथै मुस्ताङको विकासलाई सहयोग गर्न पार्टी कार्यालय भवन निर्माण गर्नु सजिलो हुने धारणा व्यक्त गर्नुभयो। उहाँले पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई जनतालाई केन्द्रमा राखेर काम गर्न पनि भन्नुभयो।
You may also like
-
वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
-
ग्वार खोला प्राचीन ‘गणेश गङ्गा’ संरक्षण अभियानमा २ युवा
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
