बालविवाहको असर: १३ वर्षमा बिहे, ४८ वर्षमा नागरिकता


एजेन्सी: वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीकी सरु विकले ४८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । तीन दिनअघि उनले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता पाएपछि उनले अहिले संसार जितेको अनुभूति गरेकी छिन् । नागरिकता पाएपछि खुसी हुँदै उनले भनिन् ‘ परिवार पाल्न अब केही व्यवसाय गर्न पाउने भएँ, गाउँको समूहमा पनि बस्न दिने भएँ ।’

नागरिकता नभएका कारण गाउँमा भएका दिदीबहिनी समूहमा पनि बस्न नपाएको र ज्याला मजदुरी गरेर कमाएको थोरै पैसा पनि बचत गर्न नपाएको उनले दुखेसो पोखिन् ।

१३ वर्षको उमेरमा बुवाआमाको करकापमा बिहे गर्न बाध्य भएकी सरुले नागरिकता नभएका कारण कुनै व्यापार व्यवसाय मात्र गर्न पाइनन्, सरकारबाट पाउने सेवासुविधाबाट सधैँ वञ्चित भइरहिन् । सानै उमेरमा बिहे भएकाले उनले विद्यालय पनि देख्न पाएकी थिइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *