एजेन्सी: वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीकी सरु विकले ४८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । तीन दिनअघि उनले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता पाएपछि उनले अहिले संसार जितेको अनुभूति गरेकी छिन् । नागरिकता पाएपछि खुसी हुँदै उनले भनिन् ‘ परिवार पाल्न अब केही व्यवसाय गर्न पाउने भएँ, गाउँको समूहमा पनि बस्न दिने भएँ ।’
नागरिकता नभएका कारण गाउँमा भएका दिदीबहिनी समूहमा पनि बस्न नपाएको र ज्याला मजदुरी गरेर कमाएको थोरै पैसा पनि बचत गर्न नपाएको उनले दुखेसो पोखिन् ।
१३ वर्षको उमेरमा बुवाआमाको करकापमा बिहे गर्न बाध्य भएकी सरुले नागरिकता नभएका कारण कुनै व्यापार व्यवसाय मात्र गर्न पाइनन्, सरकारबाट पाउने सेवासुविधाबाट सधैँ वञ्चित भइरहिन् । सानै उमेरमा बिहे भएकाले उनले विद्यालय पनि देख्न पाएकी थिइनन् ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
