सरकारले भन्यो-युक्रेन भ्रमण नगर्नू

सरकारले नेपाली नागरिकलाई युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ । साथै युक्रेनमा रहेका नेपालीलाई तुरुन्त स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ ।
जर्मनीको राजधानी बर्लिनस्थित नेपाली दूतावासले सूचना जारी गरी नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न र भ्रमण गर्ने योजना भए स्थगन गर्न भनेको छ ।
रुस तथा युक्रेनबिचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै दूतावासले कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्न लागेका नेपाली नागरिकहलाई अर्को सूचना जारी नहुन्जेलसम्मका लागि भ्रमण नगर्न आग्रह गरेको हो ।
‘कुनै नेपाली नागरिक युक्रेनमा रहनुभएको भए यथाशीघ्र सुरक्षित र सकुशल नेपाल फर्कनसमेत अनुरोध गरिन्छ’, दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
युक्रेनमा रहेका नेपाली नागरिकलाई कुनै सहयोगको आवश्यकता परेमा नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवको मोबाइल नम्बर +४९१७६२६७४१२०७मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *