परराष्ट्र मन्त्री खनाल भारत जाने

भारतले आयोजना गर्न लागेको इन्टरनेशनल बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् । यो शिखर सम्मेलन जुन १ मा नयाँ दिल्लीमा आयोजना हुँर्दैछ । सम्मेलनमा नेपालसहित सदस्य राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको छ । आईबीसीए भारतले सन् २०२३ अप्रिलमा प्रोजेक्ट टाइगरको ५०औँ वार्षिकोत्सवका अवसरमा सुरु गरेको एक वैश्विक गठबन्धन हो । यसको उद्देश्य विश्वका सात प्रमुख ठूला बिरालो प्रजातिका जनावरहरू(बाघ, सिंह, हिमचितुवा, चितुवा, जगुआर, प्यूमा र चीताको संरक्षण र सम्वद्र्धन गर्नु हो ।

सदस्य राष्ट्रहरूबीच सहकार्य, अनुसन्धान, तालिम, वन्यजन्तु संरक्षण प्रविधि आदानप्रदान तथा अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा जोड दिने यसले लक्ष्य राखेको छ । आईबीसीएमा नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, मलेसिया, मंगोलिया, इजिप्ट, केन्या, नाइजेरिया, युगान्डा, पेरु, सुरीनामसहित २४ देश सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *