परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट भएको छ। नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो।
भेटमा विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा खनाललाई बधाई दिएका छन । साथै उनले नेपाल र भारतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मौरिसस पुगेका हुन्। नवौँ हिन्द महासागरीय सम्मेलनको आयोजक पनि इन्डिया फाउन्डेसन रहेको छ।
भेटका क्रममा दुई नेताले नेपाल र भारतबिचको लामो समयदेखिको बहुआयामिक सम्बन्धको समीक्षा गरेका छन्।
वार्ताका क्रममा दुवै पक्षबीच आपसी हितका विविध विषयमा रचनात्मक र भविष्यमुखी छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *