बेलगाछीको म्यालाइनमा पानीको चरम सङ्कट

बेलगाछीको म्यालाइनमा पिउने पानीको चरम सङ्कट रहेको छ। नक्सलबारी खण्डअन्तर्गत बेलगाछी म्यालाइन पर्छ। यहाँका स्थानीय मानिसहरू एउटै ट्युबकलको पानीमाथि निर्भर छन्। उक्त ट्युबकल जीटीए क्षेत्रभित्र रहेको छ। ट्युबकल धेरै पुरानो हो भनी स्थानीय मानिसहरू बताउँछन्। म्यालाइनमा लगभग पचास घर छ। पिउने पानीको चरम समस्याबारे ग्राम पञ्चायत लगायत नक्सलबारी खण्ड विकास कार्यालयसम्म आवेदन पत्र चढ़ाइसकेको तर पनि पहल नभएको स्थानीय मानिसहरू बताउँछन्। एउटै ट्युबकलको पानीमाथि निर्भर बन्नु परेको बताउँदै यसको स्थानीय मानिसहरूले चाँड़ै समाधान गर्नुपर्ने सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *