मङ्गलवार बिहान आर्थिक भ्रष्टाचार सम्बन्धी एउटा मामिलामा संलग्नताबारे जाँच गर्दै प्रवर्तन निर्देशालय (ईडी) ले सिलगढ़ीका जम्मा 6 स्थानहरूमा एकै साथ छापा मारेको छ। प्राप्त जानकारीअनुसार ईडीले नतुनपाड़ा क्षेत्रका दुईवटा घर, खालपाड़ा क्षेत्रका तीनवटा घर र लेक टाउनस्थित एउटा स्थानमा छापामारी अभियान चलाइरहेको छ। बिहानैदेखि सबै स्थानहरूमा केन्द्रीय सुरक्षा बल पनि तैनाथ गरिएको छ। यी छापा जाँचअन्तर्गत आर्थिक अनियमितता सम्बन्धी आरोपहरूसित जोड़िएको बताइएको छ। फेरि सिलगढ़ीमा यो ईडीको पहिलो छापा पनि होइन। केही दिनअघि पनि ईडीले नतुन पाड़ाको एउटा घरमा छापा मारेर एकजना व्यक्तिलाई पक्राउ गरेको थियो।जाँच अझै जारी रहेको हुनाले खोजी कार्यहरू पनि सक्रिय रूपमा अगाढ़ि बढ़ाइरहेको अधिकारीहरूले जनाएका छन्।
