हेटौंडादेखि संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली मार्गमा अहिलेदेखि पुस २६ गतेसम्म सबै सवारी आवागमन बन्द गरिएको छ । कालोपत्रका कारण सडकमा सवारीसाधन आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यस्तै कुलेखानी–फाखेल–मातातीर्थ सडक मर्मतका लागि आवागमन बन्द गरिएको छ । हेटौंडा र काठमाडौं जोड्ने त्रिभुवन राजमार्ग, नारायणगढ मुग्लिन सडक र कान्तिलोकपथ सडकमा अहिले सवारीसाधन गुड्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
You may also like
-
ग्वार खोला प्राचीन ‘गणेश गङ्गा’ संरक्षण अभियानमा २ युवा
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
