काठमाडौँ सरकारले बाढी प्रभावित रसुवा जिल्लामा हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ।
बाढीका कारण हैजालगायत पानीजन्य रोगको जोखिम बढेको जनाउँदै खोप अभियान सञ्चालन गरिएको हो। अभियानको सुरुवात जिल्ला जनस्वास्थ्य कार्यालय, रसुवाका प्रमुख निरध्वज घर्ती मगरलाई खोप प्रदान गरेर गरिएको छ।
विश्व स्वास्थ्य संगठन (.डब्लूएचओ) को सहयोगमा प्राप्त भएको २१ हजार डोज खोप रसुवा पठाइएको थियो। डब्लूएचओले मुखबाट दिइने ९ओसीभी० खोप प्रदान गरेको थियो।
यसैगरी, नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पनि हैजा विरुद्धको खोप अभियानको सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइमा चुनौती बढेको छ।
हैजालगायत पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन सरकारले आग्रह गरेको छ।
