लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नवनियुक्त पाँच जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख मगरले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री बनेका हुन्। नवनियुक्तमन्त्रीहरू तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति रहेको थियो।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
