सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि आवेदन खुला गरेको छ। परराष्ट्र मन्त्रालयले आवेदन खुला गरेको हो। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ४५ तथा राजदूत नियुक्ति निर्देशिका–२०७५–२०७९ मा संशोधितअनुसार आवेदन आह्वान गरिएको मन्त्रालयले जानकारी दिएको छ । राजदूत पद राजपत्राङ्कित विशिष्ट श्रेणीसरह मानिने छ र कार्यकाल चार वर्षको हुने जनाइएको छ। हाल नेपालका १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार बनेपछि भारत, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिका गरी ६ देशका राजदूत फिर्ता बोलाइएको थियो। त्यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापान गरी ११ जना राजदूत फिर्ता बोलाएको थियो।
यी सबै देशका लागि आवेदन खुला गरिएको हो।
