कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक प्रक्षेपणअनुसार चालु आर्थिक वर्षमा मुलुकमा ५० लाख ९५ हजार ४७६ मेट्रिक टन धान उत्पादन हुने भएको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यका अनुसार चालु आर्थिक वर्षको धान उत्पादन अघिल्लो आर्थिक वर्षको उत्पादनको तुलनामा ४.०४ प्रतिशतले बढी हुने छ । उनका अनुसार चालु आर्थिक वर्षमा १ लाख ४२० हजार ६३६ हेक्टर जमिन धान उत्पादनमा प्रयोग भएको अनुमान छ । यो अघिल्लो आर्थिक वर्षमा धान खेतीमा प्रयोग भएको कुल क्षेत्रफलको तुलनामा १.२८ प्रतिशतले कम हो । औसत उत्पादकत्व अहिलेसम्मकै उत्कृष्ट स्तरमा ४.१९ मेट्रिक टन प्रति एकर रहेको उनको दाबी छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा धानको उत्पादन घटेपनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन भएको छ ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
