काठमाडौँ बलिउड अभिनेता सोनु सूद बाढीपीडितको सहयोग गर्न नेपाल आएका छन्।
उनी भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न राहत सामग्री बोकेर नेपाल आएका हुन्।
सूदले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दुःख व्यक्त गर्दै सहयोगको गर्ने बताएका छन्।
उनले फेसबुकमा लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं।’
