१० अक्टोवरमा ‘गौरवता नेपाल’ कार्यक्राम हुने

नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले गौरवता नेपाल नामक कार्यक्रम सञ्चालन हुने भएको छ।
नेपालको सांस्कृतिक सम्पदा र पहिचानलाई विश्वसामु पुर्‍याउने उद्देश्यले गैरसरकारी संस्था एलजे ग्रुपले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एलजे ग्रुपका अध्यक्ष फिरोज सिंहले नेपालको सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए।
यो कार्यक्रम १० अक्टोवरका दिन कीर्तिपुर नगरपालिकास्थित ल्याब्रोटोरी स्कुलमा चर्चित लोक–रक ब्याण्ड नेपथ्यको आयोजना हुनेछ ।
यसअघि सिंहले सन् २०१० मा कीर्तिपुरमा नेवा रेस्टुरेन्ट सञ्चालन गर्दै नेवारी संस्कृति, परिकार र परम्पराको प्रवर्धन गर्न सुरु गरेका थिए।
‘हामी गौरवताका धनी छौँ, अझ अगाडि बढ्नेछौँ’ भन्ने नारा सहित नेपालको संस्कृति र सम्पदाको प्रचारप्रसारमा जुट्ने आफ्नो मुख्य उद्देश्य रहेको सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *