भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ। मन्त्रालयले १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा ९राति १२ बजेदेखि साँझ ६ बजेसम्म० विद्युत् निर्यात गर्न अनुमति दिएको हो।
स्वीकृतिअनुसार भारतले मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट लाइनबाट ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्नेछ। सन् २०२७ जनवरीदेखि निर्यात गरिने विद्युत्को मात्रा सन् २०२६ डिसेम्बरमा पुनरावलोकन गरिनेछ।
नेपालमा आएको पछिल्लो बाढीले जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्वदेशी विद्युत् उत्पादन क्षमता घटेको छ। विद्युत्को थप आवश्यकता पूरा गर्न भारतले यो स्वीकृति दिएको हो।
भारतले यो सहयोगले कठिन परिस्थितिमा नेपाललाई विद्युत् आवश्यकता पूरा गर्न मद्दत पुग्ने र दुई देशबीचको दीर्घकालीन ऊर्जा सहकार्य थप बलियो हुने जनाएको छ।
भारतले ऊर्जा क्षेत्रमा नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ।
