अमेरिकी संस्थाबाट ४० टन आपतकालीन राहत सामग्री आइपुग्यो

रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ ।
अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो ।
उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत २,६०० परिवारलाई सहयोग पुग्ने पर्याप्त पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्तीहरू रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *