भोटेकोशीले बगाएका शव भारतमा भेटिन थाले

काठमाडौँ रसुवा बाढीमा परी नारायणी नदीले बगाएर लगेका शव भारतका विभिन्न स्थानमा भेटिन थालेका छन् । हालसम्म गण्डक क्षेत्र हुँदै भारत पुगेका नौ वटा शव भारतीय प्रहरीले नवलपरासी प्रहरीलाई हस्तान्तरण गरेको छ ।
आइतबार पाँच शव हस्तान्तरण गरेको भारतीय प्रहरीले मंगलबार थप चार वटा शव हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।
भारतको कुशीनगर जिल्लास्थित खड्डा गण्डक नदीमा फेला परेका शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा हस्तान्तरण गरिएको हो । कुशीनगरबाट ल्याएका उक्त शव सहायक प्रमुख जिल्ला अधिकारी (एसडिएम) ले इलाका प्रहरी कार्यालयका महेशपुरलाई हस्तान्तरण गरेको कार्यालयका इन्चार्ज, प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिए ।
फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय सुरक्षाकर्मीले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको जनाएका छन् । सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए । बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको हो ।
भारतीय भिडियाहरुले भने गण्डक नहरबाट बगेका गएका शवको संख्या धेरै हुन सक्ने उल्लेख गरेका छन् । द इन्डियन एक्प्रेसले १७ वटा शव भेटिएको जनाए पनि त्यो पुष्टि हुन सकेको छैन । नवलपरासीमा हालसम्म १ सय ७३ शव भेटिएकोमा ६८ शवको जमिनमुनि व्यवस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *