जनमत पार्टीले विभिन्न मागहरू राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउनु अघि पार्टीले काठमाण्डुको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
तराई–मधेशका मुद्दाहरू र आम नागरिकका जीविकाका सवालहरूलाई लिएर आयोजना गरिएको विरोध प्रदर्शनपछि पार्टीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री बालेन शाहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
प्रदर्शनमा सहभागी जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेशका अधिकार, किसानका समस्या र सुशासनको पक्षमा नाराबाजी गरेका थिए।
जनमत पार्टीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा विशेष गरी विगतमा सरकारसँग भएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताहरूको पूर्ण कार्यान्वयनको माग गरिएको छ। यस्तै, मधेस आन्दोलनका क्रममा भएको दमन र घटनाको छानबिनका लागि गठित ुलाल आयोगुको प्रतिवेदन सार्वजनिक गर्न र आन्दोलनकारीमाथि लागेका झुठा मुद्दाहरू फिर्ता लिन माग गरिएको छ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
