सन् २०२६ मे महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढि भएको छ।
मे महिनामा सबैगरि ४० हजार ७ सय ८२ जना भारतीय पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। अहिलेसम्मको तथ्यांक अनुसार एकमहिना अवधिमा भित्रिएका भारतीय पाहुनाको संख्या यो नै सबैभन्दा बढी हो। स्थलमार्गबाट भित्रिएका भारतीय पाहुनाको आकार अझै बढि रहेको व्यावसायीले बताउने गरेका छन।
पर्यटन बोर्डको तथ्यांक अनुसार मे महिनामा नेपालमा सबैगरि १ लाख २ हजार ६ सय २६ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। ती मध्ये झन्डै ४० प्रतिशत पाहुना भारतीय छन्। अघिल्लो वर्ष विभिन्न घटनाक्रमका कारण भारतीय पर्यटक नेपाल आउनबाट त्रसित भएका थिए। प्राकृतिक विपद् र दूर्घटना तथा आन्दोलनका कारण भारतीय पाहुनाको आगमन एकाएक प्रभावित भएको थियो। यो पटक भने त्यो आगमनमा एकाएक सुधार भएको व्यवासायीले बताएका छन्।
सरकारी तथ्यांक अनुसार यसअघि नेपालमा २०२४ मे मा नेपालमा ३८ हजार १ सय ९८ जना भारतीय पाहुना भित्रिएका थिए। त्यसबाहेक २०२५ अगष्ट महिनामा नेपालमा ३५ हजार ५ सय ५ जना भारतीय पाहुना भित्रिएका थिए। २०२५ मे महिनामा जम्मा २८ हजार १ सय ६० भारतीय पाहुना नेपाल भित्रिएका थिए।
‘यो पटक भारतीय पाहुनाको आगमनले समग्र पर्यटन व्यावसायीलाई उत्साही बनाएको छ। पोखरा र आसपासका क्षेत्रका होटलमा भारतीय पाहुनाको बाहुल्यता रहेको होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले बताए
व्यावसायीका अनुसार अहिले पोखराका होटलको अकुपेन्सीमा करिब ६० प्रतिशत हिस्सा भारतीयको रहेको छ पछिल्लो दुईसातादेखि पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत रहेको छ। अकुपेन्सी त्यो आकारमा उकास्न भारतीय पाहुनाको योगदान रहेको पनि उनले बताए।
पर्यटन बोर्डको तथ्यांक अनुसार मे महिनामा नेपालमा सबैगरि १ लाख २ हजार ६ सय २६ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। ती मध्ये झन्डै ४० प्रतिशत पाहुना भारतीय छन्।
‘हवाई माध्यमबाहेक पोखरामा स्थलमार्गबाट सहजै पाहुना आउन सक्ने भएकोले हवाई माध्यमबाट भन्दा बढि आगमन भएको छ। दिनमा कम्तिमा एकसय वटा साना आकारका गाडीमा भारतीय पाहुना भित्रिएको अनुमान छ ।
भारतीय पाहुना बोलाउन पोखराका पर्यटन व्यावसायीले हरेक वर्षजसो भारतीय सहरमा चलिए पोखरा अभियान चलाउँदै आएको र त्यसको प्रभावस्वरुप पनि अहिले पाहुना बढेको उनले बताए।
मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने मुख्य सिजन भएकोले पनि यो समयमा भरतीयको आगमन ह्वात्तै बढेको छ । पोखरामा मात्र नभई आसपासका पर्यटकीय क्षेत्रमा पनि भारतीय पाहुना खचाखच रहेको छ ।
‘भारतीय पाहुनालाई नेपाल आउन सहज छ। अहिले त स्थलमार्गको पहुँच पनि सहज बनेको छ। निजी गाडीमा छोटो समयमै आउन सकिने भएकोले पनि पोखरा त झनै भारतीय पाहुनाको रोजाईको गन्तव्य बनेको छ ।
