रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार भारतको नयाँ दिल्ली पुगेका छन् ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितीन नवीनको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन् ।
पार्टी(पार्टीबीचको सम्बन्ध विस्तार र दलीय अभ्यासको आदानप्रदानका लागि रास्वपाको तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । दिल्ली बसाइका क्रममा लामिछानेले भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । यसबाहेक उनले भारतमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने र ऐतिहासिक शहर अयोध्याको समेत भ्रमण गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।
लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जेठ २० गते भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतीय जनता पार्टी९भाजपा०ले जनाएको छ।
गत फागुन २१ गते सम्पन्न चुनावपछि सबैभन्दा ठुलो पार्टी भएर सत्तामा आएको रास्वपाको तर्फबाट यो पहिलो उच्चस्तरीय विदेश भ्रमण हो ।
प्रधानमन्त्री मोदीका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *