भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक उपहारस्वरूप दिएको छ । वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । उपहारस्वरूप प्रदान गरिएका ती ट्रकहरूले नेपालको सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भारतीय पक्षले जनाएको छ । यसअघि पनि भारत सरकारले नेपाललाई विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । सन् २०२६ मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले करिब ६४० वटा सवारीसाधनस एसयूभी, पिकअप र ट्रक उपलब्ध गराएको थियो । त्यसैगरी विगतका वर्षहरूमा भारतले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायहरूलाई २ हजारभन्दा बढी सवारीसाधन हस्तान्तरण गरिसकेको जनाइएको छ ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
