वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले लिखितसम्बन्धी कसुर मुद्दामा सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंहसहित चार जनामाथि सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो।
लिखितसम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अनुसार किर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा (१), (२) र (३) (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने मागदाबी गर्दै मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ।
लिखितसम्बन्धी कसुरमा महानगरका मेयर सिंह, पञ्जीकरण अधिकारी भिखारी रायसहित चार जनामाथि जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले बताए ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
