‘संस्कृति र प्रकृतिको काखमा’ अर्थात ‘अन द ल्याप अफ नेचर एन्ड कल्चर’ भन्ने नारासहित कर्णाली टुरिजम मिट–२०२६’ सुरु भएको छ।
नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका गुराँस गाउँपालिकाको समन्वयमा टुरिजम मिट आयोजना गरिएको हो।
टुरिजम मिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँको पर्यटन विकासले समग्र नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
भारतीय पर्यटन व्यवसायीहरूको संस्था ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिन्हाले कर्णाली आफ्नो लागि नयाँ पर्यटन गन्तव्य बनेको बताए। हाम्रो लागि कर्णालीले नयाँ ढोका खोलि दिएको छ। ‘हामी भारतीय पर्यटकहरूलाई कर्णालीसँग जोड्ने छौं’, उनले भने।
