बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छिन् ।
बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन् । नेपालमा नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो । काठमाण्डुस्थित बेलायती दूतावासले राज्यमन्त्री सीमालाई स्वागत गर्दै नेपाल–बेलायतको लागि यो एक महत्त्वपूर्ण भ्रमण हुने र यसबाट दुई देशको मित्रता तथा साझेदारीलाई अझ बलियो बनाउने बताएको छ । सन् २०११ देखि पश्चिम लन्डनस्थित फेल्थम एन्ड हेस्टन क्षेत्रकी सांसद समेत रहेकी उनी बेलायतको संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति तथा इन्डो–प्यासिफिक क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
