दुर्गा प्रसाईँलाई ५ वर्षसम्म कैद सजायको माग

मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध मुद्दा दायर भएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, उनले पटक–पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ ९२० बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ । प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ । उनले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *