नेपानेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले आफूलाई हिरासतमा राखिएको दाबी गरेका छन् । लेखकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित भएको पनि दाबी गरेका छन् । भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोगमा १३ दिनसम्म नियन्त्रणमा राखिएपछि अन्ततः आफू रिहा भएको उनले बताएका छन् । लेखकले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफू कानुनपालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै बाँकी कानुनी र राजनीतिक लडाई जारी रहने उल्लेख गरेका छन् । लेखकले लेखेका छन्, ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।’ जेन जी आन्दोलन दबाएको भन्दै लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनी सर्वोच्चको परमादेशपछि बिहीबार रिहा भएका थिए । उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही आरोपमा सोही दिन पक्राउ परेर लेखकसँगै बिहीबार रिहा भएका हुन् ।
You may also like
-
देवानगन्ज घटनापछि विभिन्न क्षेत्रको अपिल : अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाऔं
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
