राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्नेछन् भन्ने व्यवस्था छ।
