एक साताभित्र सानेपामा सभापतिको कुर्सीमा गगन थापा बस्नुहुन्छ : विश्वप्रकाश

पाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक साताभित्रै सानेपास्थित पार्टी कार्यालयमा सभापतिको कुर्सीमा गगनकुमार थापा बस्ने घोषणा गरेका छन्।

उनले केन्द्रीय कार्यसमितिले गरेको कारबाहीको निर्णय विशेष महाधिवेशनले खारेज गरेको भन्दै अब थापा सभापतिको कुर्सीमा सानेपा जाने बताए।

“हामी कसैलाई पनि कारबाही गर्दैनौँ, विधानसम्मत नेतृत्व छानेर पार्टी कार्यालय जान्छौँ,” विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै शर्माले भने। विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेको छ। पार्टी केन्द्रीय कार्यसमितिले कारबाही गरेपछि थापा र शर्मा विशेष महाधिवेशनस्थलमा गएर सम्बोधन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *