एजेन्सी: लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।
सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत ३३५ वटा घटना घटेका थिए। ती घटनाका कारण मानवीय क्षति भएको हो । यसरी भएको विपद्ले रु ५१ लाख बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । साउनमा मात्र बाढीमा परेर दुई, पानीमा डुबेर २७, आगलागीमा परेर एक, विषाक्त खाद्य सेवनका कारण चार, सर्पदंशका कारण आठ र अन्यमा एक गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रदेशस्तरीय विवरणअनुसार दाङमा सात, कपिलवस्तुमा नौ, रूपन्देहीमा पाँच, बाँकेमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, प्यूठानमा चार, बर्दियामा तीन, अर्घाखाँचीमा दुई, नवलपरासी पश्चिममा दुई, रुकुमपूर्वमा एक र रोल्पामा चार जनाको ज्यान गएको छ ।यस अवधिमा २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन्भने १२ आंशिक क्षति भएका छन् । एक सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा दुईवटा भवनमा आंशिक क्षति भएका छन् । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ सशक्त बनाउने तयारी गरिएको छ ।
-रासस
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
