बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ
विभागका अनुसार बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मानिन्छ । तर, हाल सो तह पार गरेसँगै विशेषगरी बर्दिया र दाङमा बाढीको खतरा रहेकाले विभागले उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए । “बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुग्दै छ,” उनले भने
आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीहरूको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ ।
आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरूको जलसतह सतर्कता आसपास छभने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ ।
आज सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, म्याग्दी, प्यूठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालीकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्लामा बहने स–साना नदीहरूको जलसतह बढ्ने विभागले जनाएको छ ।
साथै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्लामा बहने स–साना नदीहरूको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
You may also like
-
वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
-
ग्वार खोला प्राचीन ‘गणेश गङ्गा’ संरक्षण अभियानमा २ युवा
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
