आज निरपानीमा दिउँसै हात्ती आएपछि सन्त्रासको स्थिति सिर्जना भएको थियो। निरपानी निवासी किशोर गहतराजको घरको छेउमा हात्ती देखा परेपछि घर परिवारमा आतङ्क छायो। निरपानी बस्तीका मानिसहरूले उक्त हात्तीलाई बिस्तारै जङ्गलतर्फ धपाए।
अहिले निरपानी बस्तीका खेतमा लटरम्मै मकै पाकेको छ। त्यसले गर्दा दिउँसो पनि हात्ती आउने गरेको स्थानीय मानिसहरू बताउँछ। विशेष गरेर यसरी दिउँसै हात्ती आउँदा स्कूलबाट छुट्टी भएर घर फर्किरहेका विद्यार्थीहरू साथैी बुढ़ापाखा मानिसहरूलाई जोखिम उत्पन्न हुने देखिन्छ। त्यससितै घरको छेउछाउ हिँड़िरहेका वा काम गरिरहेका स्थानीय मानिसहरूमाथि पनि हात्तीले आक्रमण गर्न सक्ने सम्भावना हुन्छ। त्यसैले स्थानीय मानिसहरूमा धेरै भयको स्थिति उत्पन्न भइरहेको छ।
स्मरण रहोस् हात्तीको आक्रमणमा परी केही महीनाअघि मात्र निर्मल छेत्रीको मृत्यु भएको थियो भने यसरी फेरि दिउँसै हात्ती निस्कनाले कुनै दुर्घटना हुन सक्ने सम्भावना बनेको स्थानीय मानिसहरूले बताए। हात्तीलाई नियन्त्रणमा ल्याउन कोलाबारी फरेष्टले पहल गरिरहे पनि कसरी र कहाँबाट यसरी दिउँसै हात्ती जनबहुल क्षेत्रमा आइरहेको छ भनेर स्थानीय मानिसहरूले प्रतिक्रिया दिएका छन्।