कोशी राजमार्गको संखुवासभाको भोटखोला भागमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका-३, अल्फाटेमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए।
मंगलबार राति परेको वर्षाले गर्दा एकुवा नदीमा कटान भएपछि पहिरो गएको हो। उनले सडक खाली गर्न पहिरोबाट ढुङ्गा हटाउने काम भइरहेको बताए।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
