हाल देशमा पश्चिमी वायुले स्थानीय वायुलाई आंशिक रूपमा प्रभाव पारिरहेको छ। पहाडी क्षेत्रमा केही बादल लागे पनि देशका बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाले देशका बाँकी भागमा आंशिक रूपमा बदली रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा केही बादल लाग्ने छ। भोलिपल्ट गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा, मेघगर्जन र चट्याङ पर्ने सम्भावना छ। यसका साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
