ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित तृणमूल अञ्चल अध्यक्ष पक्रा परेका छन्। यो घटना अलिपुरद्वारको माझेरडाबरी ग्राम पञ्चायतको हो। पक्राउ परेका व्यक्तिको नाम विष्णु रोय हो। सोमवार राति तिनलाई पक्राउ गरिएको हो। विष्णु रोय तृणमूलको माझेरडाबरी अञ्चल अध्यक्ष हुन्। तिनी एक अस्पतालमा पनि कार्यरत छन्।

विष्णुकी पत्नी लिपिका रोय पनि तृणमूलको ग्राम पञ्चायत सदस्य हुन्। यसकारण यस विषयमा राजनैतिक विवाद आरम्भ भइसकेको छ। स्थानीय सूत्रअनुसार हिजो राति माझेरडाबरीको हल्दीबाड़ी रोड क्षेत्रमा तृणमूल अञ्चल अध्यक्ष विष्णु रोयको घरमा श्यामुकतला थाना पुलिसले छापा मारेको थियो।

चन्दन मण्डल नामक एक युवकलाई लागू औषधी बिक्री गर्ने क्रममा पक्राउ गरियो। छापा मार्दा लागू औषधी फेला परेपछि पुलिसले दुवैजनालाई पक्राउ गरी थानामा लगेको छ। लागू औषधी कहाँबाट ल्याइन्थ्यो? यस गिरोहमा को-को संलग्न छन्? आदि विषयहरूको पत्तो लगाउन पुलिसले पक्राउ परेका युवकहरूलाई केरकार गरिरहेको छ। आज आरोपीहरूलाई न्यायालयमा प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *