मंसिर सुरु भएसँगै स्थानीय बजारमा सुनको भाउ बढ्न थालेपछि मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार शुद्ध सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँबाट बढेर एक लाख ६२ हजार १ सय रुपैयाँ पुगेको छ ।
महिनाको सुरुमा आइतबार प्रतितोला १ लाख ६० हजार रहेको सुनको भाउ सोमबार तोलामा १ हजारले बढेको थियो । मंगलबार पनि बढ्दो प्रवृत्ति कायम रह्यो। मंगलबार सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँ थियो । मंगलबार बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।
You may also like
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
