नीय बजारमा सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार र आइतबार प्रतितोला ५ सय रुपैयाँ घटेपछि यो गिरावट आएको हो । गत साता सुनको भाउ घटेको थियो भने बिहीबार तोलामा चार हजार रुपैयाँले घटेपछि शुक्रबार प्रतितोला २ हजार रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले राम्रो सुनको भाउ प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको छ जुन अघिल्लो दिन तोलामा १ लाख ६५ हजार रुपैयाँ थियो । त्यसैगरी चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घट्ने क्रम जारी छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । अहिले प्रति तोला १,९२५ रुपैयाँमा उपलब्ध छ।
You may also like
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
