एजेन्सी: यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को गीतलाई युट्युबबाट हटाइएको छ । हिजो मात्रै सार्वजनिक भएको नयाँ गीतलाई दर्शकहरुले रुचाइरहेका थिए । तर, अहिले उक्त गीत युटयुबबाटै हटाइएको छ ।
यस विषयमा अभिनेता अनमोल केसी स्वयंले गीत हटाउनु परेकोमा दर्शकसँग माफी मागेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैसँग माफी चाहन्छु, हाम्रो गीत कस्तुरी प्राविधिक कारणवश युट्युबबाट हटाउनु परेको छ।’
तर, आफूहरुले चाँडै नै नयाँ भर्सनको गीत पुनः सर्वजनिक गर्ने उनले बताएका छन् । हटाइएको गीतमा अभिनेता केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड थिए । मुस्ताङदेखि भारतको राजस्थानसम्मका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको थियो
आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीतलाई संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।
You may also like
-
झाँक्री प्रकाश भुजेलले म्यानपावर व्यवसायीलाई कुटपिट गरेपछि कार्यालय तोडफोड, भागेको भन्दै प्रहरी कार्यालय घेराऊ
-
भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद
-
हर्क साम्पाङको पार्टीमा ५ पदाधिकारी, केन्द्रीय समितिमा २३ जना
-
बाबुरामले भने- अन्तरिम सरकार कसैको दयामाया बनेको होइन, अहिलेको आवश्यकता हो
-
एसईईमा उत्कृष्ट नतिजा ल्याउने सिन्धुपाल्चोकका ६ विद्यार्थीलाई नगदसहित सम्मान
