सिलगढ़ी कमिश्नरेट पुलिसको प्रधाननगर थाना क्षेत्रमा सोमवार राति ठूलो सफलता हात लागेको छ। मोहम्म द फिरोज नामक एक युवकलाई अवैध आग्नेयास्त्र र गोलीसहित पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार सोमवार अबेर राति गुरुङ बस्ती क्षेत्रमा एक युवक शङ्कास्पद तरिकाले घुमिरहेको प्रधाननगर थानामा सूचना प्राप्त भयो।
सूचना पाएपछि प्रधाननगर थाना पुलिस टोली तत्काल घटनास्थलमा पुगेर युवकलाई सोधपुछ गर्यो।। सोधपुछका क्रममा तिनको कुरा शङ्कास्पद देखिएपछि तिनको तलासी लिइयो।
तलासी गर्दा युवकबाट एक अवैध पिस्तोल अनि गोली फेला पऱ्यो। त्यसपछि आरोपी युवकलाई पक्राउ गरी थानामा ल्याइयो।
आज आरोपी युवकलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरियो। पुलिसले तिनले उक्त आग्नेयास्त्र कहाँबाट प्राप्त गरे अनि कुन उद्देश्यका लागि लिएर हिँड़िरहेको थियो भनेर जाँच गरिरहेको छ।
