झुण्डिएको अवस्थामा महिला फेला

सिलगढ़ी नगर निगमको वार्ड 46 अन्तर्गत पर्ने नयाँ बस्ती क्षेत्रमा मङ्गलवार बिहान एक महिलाको शव तिनकै अपार्टमेण्टको फ्ल्याटभित्र झुण्डिएको अवस्थामा फेला परेको छ। घटनापछि क्षेत्रमा आतङ्कको वातावरण सिर्जना भएको छ। मृत महिलाको पहिचान निवेदिता दास हो अनि तिनी पाखी दास (40) को रूपमा पनि परिचित थिइन्।

सूत्रअनुसार तिनका पति सुकेन दास बिहान सधैँ जस्तै काममा गएका थिए। निवेदिता छोरीलाई स्कूलमा छोडेर घर फर्किएकी थिइन्। बिहान लगभग 9.00 बजी नियमित कामका लागि आएकी घरेलु कामदारले दैलो खोल्दा निवेदितालाई झुण्डिएको अवस्थामा भेट्टाइन्।

तिनले तुरुन्तै छिमेकीहरूलाई सतर्क गराइन्। त्यसपछि प्रधान नगर पुलिस अनि वार्ड काउन्सिलर दिलीप बर्मनलाई खबर गरियो। खबर पाउने बित्तिकै पुलिस अनि काउन्सिलर दुवै घटनास्थल आइपुगे। पुलिसले शव कब्जामा लिई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाएको छ। घटनाको जाँच अहिले चलिरहेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *